विराटचोकः आज सुन र चाँदी दुवैको भाउले नयाँ रेकर्ड कायम गरेका छन् । सुनको भाउ तोलामा १ हजार ८ सय रुपैयाँ र चाँदीको भाउ तोलामा ६५ रुपैयाँ बढेर कीर्तिमानी मूल्यमा पुगेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रति तोला १ लाख ३३ हजार रुपैयाँ कायम भएको छ । तेजाबी सुनको भाउ प्रति तोला १ लाख ३२ हजार ३ सय ५० रुपैयाँ र चाँदीको भाउ प्रति तोला १ हजार ६१० रुपैयाँ निर्धारण भएको छ ।
हिजो सुनको भाउ तोलामा ४०० रुपैयाँ घटेको थियो भने चाँदीको भाउ तोलामा १० रुपैयाँ बढेको थियो ।
यसअघि सोमबार सुनको भाउले कीर्तिमानी मूल्य कायम गरेको थियो ।