Tuesday, December 24, 2024
Homeपर्यटनजुगल हिमाल आरोहणको अन्तिम तयारीमा

जुगल हिमाल आरोहणको अन्तिम तयारीमा

सिन्धुपाल्चोकः सिन्धुपाल्चोकको जुगल हिम शृङ्खलाअन्तर्गका दुई नयाँ हिमालको पहिलो आरोणका लागि अन्तिम तयारी भइरहेको छ ।

जुगल गाउँपालिकाको शिरमा रहेका जुगल–१ र जुगल–२ को दश पर्यटकले पहिलोपटक आरोहण गर्ने भएका गाउँपालिका कार्यालयले जनाएको छ । आरोहण टोलीमा सात कोरियन र तीन नेपाली रहनेछन् । नेपाल र गणतन्त्र कोरियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पूरा भएको अवसरमा यही चैत २३ देखि २०८१ वैशाख १५ गतेसम्म नेपाली र कोरियन पर्वतारोहीले गर्ने आरोहणको तयारी पूरा भएको पालिका अध्यक्ष रेशम स्याङ्बोले बताउनुभयो ।

विसं २०७५ मा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का पोलेटब्यूरो सदस्य एवं पूर्वसभामुख अग्निप्रसाद सापकोटा, प्रतिनिधिसभा क्षेत्र नं १ का सांसद माधव सापकोटा, प्रदेशसभा सदस्य सरल सहयात्रीलगायतको पहलकदमीमा पहिलोपटक जुगल हिमालको आरोहण सुरुआत गरिएको थियो । त्यतिबेला पर्वतारोही माया गुरुङ, मिलन तामाङलगायत टोलीले सफलतापूर्वक हिमाल आरोहण गरेका थिए ।

सिन्धु पर्यटन परिषद्को सहजीकरणमा चैत १५ गतेदेखि हिमाल आरोहण खुला गरिएको छ । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले आरोहीलाई बिदाइ गर्नुभएको छ ।

प्रदेश ३ का उद्योग पर्यटन वन वातावरणमन्त्री सुरेश नेपालको नेतृत्वमा बलेफी बजार परिक्रमा र प्रतिनिधिसभा सांसद अग्नि सापकोटा र जुगल गाउँपालिकाका जनप्रतिनिधिसहितको टोलीले ढाडे बजार परिक्रमा गर्ने कार्यक्रम तय भएको छ ।

आरोहण दलका सदस्यहरुमा सगरमाथा आरोही माया गुरुङ (टिम लिडर), मीनबहादुर लामा, माधव सापकोटा, सुभाष कर्मचार्य र शर्मिला थापा छन् । यस्तै गाइडहरुमा तुलसी गुरुङ, नरबहादुर अस्थानी, दावा टासी शेर्पा, आशबहादुर गुरुङ हुनुुहुन्छ । फोटोग्राफर प्रेम गुरुङ पनि टोलीमा सामेल हुनुुहुन्छ । १२ देखि २२ दिनको अवधिमा शिखर आरोहण हुने आयोजकले अनुमान गरेको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments