Tuesday, December 24, 2024
Homeफिचरआगलागी पीडितको स्थायी घर निर्माणका लागि पहल गर्दै कोशी सरकार

आगलागी पीडितको स्थायी घर निर्माणका लागि पहल गर्दै कोशी सरकार

विराटनगरः मोरङको रंगेलीस्थित सन्थाल बस्तीमा भएको आगलागी पीडित परिवारको बासस्थानको स्थायी समाधानका लागि पहल गरिरहेको कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले बताउनुभएको छ ।

पीडित परिवारसँग प्रत्यक्ष भेट गरी स्थानीयवासी, प्रदेश सरकार, स्थानीय सरकार र विभिन्न सामाजिक संघसस्थाको सहकार्यमा वासस्थानको स्थायी समाधान गरिने उहाँले बताउनुभएको हो । चैत ३ गते सन्थाल समुदायको बसोबास रहेको सुकुम्बासी बस्तीमा आगलागी हुँदा २३ वटा घर जलेर नष्ट भएका थिए ।

मुख्यमन्त्री कार्कीले अब विपन्नले सम्पन्न बन्ने अभियानमा लाग्नुपर्ने बताउनुभयो । मुख्यमन्त्री कार्कीेले स्थानीय तहले सो समुदायलाई आफ्नै जग्गाको व्यवस्थाका लागि अग्रसरता लिन आग्रह गर्नुभएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments