काठमाडौंः गृह मन्त्रालयले आज ११ वटा जिल्लाहरुमा प्रमुख जिल्ला अधिकारीहरुको सरुवा गरेको छ । जसअनुसार संखुवासभामा ध्रुबहादुर खड्का र अर्घाखाँचीमा सूर्यबहादुर क्षेत्री सरुवा हुनुभएको छ ।
लमजुङमा बुद्धबहादुर गुरुङ, ओखलढुंगामा नारायण ढकाल, रोल्पामा खिमबहादुर रायमाझी र जाजरकोटमा ऋषिराज आचार्य प्रमुख जिल्ला अधिकारी हुनुभएको छ ।
धनुषामा रामराज कडरिया, खोटाङमा शिवकुमार कार्की, दार्चुलामा यज्ञराज जोशी, तेह्रथुममा मीना अर्याल र ताप्लेजुङमा रवीन्द्र आचार्यलाई प्रमुख जिल्ला अधिकारी तोकिएको छ ।