विराटचोकः नेप्सेमा सूचीकृत ४ कम्पनीको ‘लक इन’ अवधि चैत महिनामा सकिँदै छ । सिँगटी हाइड्रो इनर्जी, सूर्यज्योति लाइफ इन्स्योरेन्स, सोनापुर मिनरल्स एन्ड आयल र हाथवे इन्भेष्टमेन्ट नेपालको लक इन चैतमा सकिने भएको हो ।
सिंगटी हाइड्रो इनर्जीको संस्थापक, स्थानीय बासिन्दा र कर्मचारीलाई बाँडफाँट भएको सेयरको लक इन अवधि चैत २६ गते सकिने भएको छ ।
सिँगटी हाइड्रो इनर्जीको संस्थापक, स्थानीय बासिन्दा र कर्मचारीलाई बाँडफाँड भएको सेयरको लक इन अवधि चैत २६ गते सकिने भएको हो ।
कम्पनीले सर्वसाधारणलाई २०७७ चैत २७ गते शेयर बाँडफाँड गरेको थियो । उक्त मितिबाट ३ वर्षसम्म संस्थापक शेयरधनी, स्थानीय बासिन्दा र कर्मचारीहरुको शेयर लक इनमा राख्नुपर्ने व्यवस्था रहेको छ । कम्पनीको १ करोड १ लाख ५० हजार कित्ता संस्थापक शेयर, १४ लाख ५० हजार कित्ता स्थानीयको शेयर र ५८ हजार कित्ता कर्मचारीको शेयर लक इन रहेको छ ।
सूर्यज्योति लाइफ इन्स्योरेन्सको संस्थापक शेयर, संस्थापकबाट सर्वसाधारणमा परिणत भएको शेयर र कर्मचारीलाई बाँडफाँड भएको सेयरको लक इन अवधि समाप्त हुने भएको हो ।
सूर्यज्योति लाइफ इन्स्योरेन्सको संस्थापक शेयर, संस्थापकबाट सर्वसाधारणमा परिणत भएको शेयर र कर्मचारीलाई बाँडफाँड भएको सेयरको लक इन अवधि चैत २० गते सकिने भएको छ । साविकको ज्योति लाइफ इन्स्योरेन्सले आइपीओ बाँडफाँड गरेपछि संस्थापक र कर्मचारीको शेयर लक इनमा रहेको छ ।
हाल यसको कुल १ करोड ४२ लाख ६६ हजार ३२३ दशमलव ५० कित्ता शेयर लक इनमा रहेको छ । जसमध्ये संस्थापक सेयरधनीको १ लाख १ करोड ७५ हजार ९७९ कित्ता र कर्मचारीको २ लाख ९९ हजार २९३ दशमलव ५० कित्ता शेयर रहेको छ । यस्तै, संस्थापक समूहबाट सर्वसाधारण समूहमा परिणत भएको ३७ लाख ९१ हजार ५१ कित्ता सेयर पनि लक इनमा रहेको छ ।
सोनापुर मिनरल्स एन्ड आयल र हाथवे इन्भेष्टमेन्ट नेपालले सामुहिक लगानी कोषहरुका लागि छुट्याएको साधारण शेयरको लक इन अवधि सकिने भएको हो ।
सोनापुर मिनरल्स एण्ड आयलले सामुहिक लगानी कोषहरुको लागि छुट्याइएको साधारण शेयरको लक इन अवधि चैत २३ गते सकिने भएको छ । समूहिक लगानी कोषले ४ लाख २ हजार १९ कित्ता शेयर होल्ड गरेका छन् ।
हाथवे इन्भेष्टमेन्ट नेपालको पनि सामुहिक लगानी कोषहरुको लागि छुट्याइएको साधारण शेयरको लक इन अवधि चैत १ गते सकिएको छ ।