Tuesday, December 24, 2024
Homeअर्थदुर्व्यवहार आरोपमा राष्ट्र बैंकका निर्देशक बर्खास्त

दुर्व्यवहार आरोपमा राष्ट्र बैंकका निर्देशक बर्खास्त

काठमाडौंः महिला हाकिममाथि दुव्यर्वहार गर्ने नेपाल राष्ट्र बैंकका निर्देशक थानेश्वर आचार्य सेवाबाट बर्खास्त भएका छन् । राष्ट्र बैंकको मानव संसाधन विभागले उनलाई महिला कर्मचारीमाथि दुव्यर्वहार गरेको विषयमा दोषी ठहर गरेपछि गभर्नरको आदेशअनुसार बर्खास्त गरेको हो ।

राष्ट्र बैंकबाट भविष्यमा बैंकको सेवामा अयोग्य नठहरिने गरी निर्देशक आचार्य बर्खास्तीमा परेका हुन् । गत पुस २७ गते नेपाल राष्ट्र बैंकले नगरकोटमा आयोजना गरेको तनाव व्यवस्थापन सम्बन्धी एक कार्यक्रममा आचार्यले डेपुटी गभर्नर निलम ढुंगानामाथि दुव्यर्वहार गरेको आरोप लागेको थियो ।

उनीमाथि छानबिन चलिरहेको र पटकपटक दिएको प्रष्टीकरणमा चित्त नबुझेपछि बर्खास्त गरिएको बताइएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments