Tuesday, December 24, 2024
Homeफिचरबेलबारीमा डिएसपीको दरबन्दी आवश्यक छ: प्रहरी नायब महानिरीक्षक चन्द्रकुमार खापुङ

बेलबारीमा डिएसपीको दरबन्दी आवश्यक छ: प्रहरी नायब महानिरीक्षक चन्द्रकुमार खापुङ

बेलबारीः प्रहरी नायब महानिरीक्षक चन्द्रकुमार खापुङले इलाका प्रहरी कार्यायल बेलबारीमा डिएसपीको दरबन्दी आवश्यक रहेको बताउनुभएको छ । कार्य क्षेत्र, मुद्दाको चाप, सडक क्षेत्र, जनसङ्ख्याका आधारमा बेलबारीमा डिएसपीको दरबन्दी आवश्यक रहेको उहाँको भनाइ थियो ।

विशेष परिस्थिति र कारणवश नेपाल प्रहरीको प्रादेशिक अस्पताल सरे पनि बेलबारीमा नै अस्पताल राख्न आवश्यक रहेको उहाँको भनाइ थियो । स्रोत साधनको अभाव भए पनि शान्ति सुरक्षाको हकमा कोशी प्रदेशमा कुनै कमी कमजोरी हुन नदिने बताउनुभयो ।

इलाका प्रहरी कार्यालय बेलबारीको आवास भवन तथा भन्साघरको बुधबार उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो । नवनिर्मित आवास भवन तथा भन्साघरको प्रमुख अतिथि प्रहरी नायब महानिरीक्षक खापुङ र उद्घाटन कार्यक्रमका सभापति बेलबारीका नगर प्रमुख दिलप्रसाद राईले संयुक्त रुपमा उद्घाटन गर्नुभएको हो ।

बेलबारी र सुन्दरहरैँचा नगरपालिका तथा केराबारी र ग्रामथान गाउँपालिकाको आर्थिक सहयोगमा आवास भवन तथा भन्साघर निर्माण भएको हो । भवन निर्माणको लागि बेलबारी नगरपालिकाले १५ लाख, सुन्दरहरैंचा नगरपालिकाले १५ लाख, केराबारी गाउँपालिकाले ८ लाख, ग्रामथान गाउँपालिकाले ७ लाख ५० हजार आर्थिक सहयोग गरेको छ । रत्न टोल विकास संस्था र इलाका प्रहरी कार्यालय बेलबारीले ४ लाख १० हजार रुपैयाँ बराबरको श्रमदान गरेको बेलबारी नगरपालिकाका सबइन्जिनियर विप्लव राजवंशीले जानकारी दिनुभयो ।

बेलबारी नगर प्रमुख राई र उपप्रमुख नितु थापा कोइरालाको नेतृत्वमा नायब महानिरीक्षक खापुङसहितको प्रहरी टोलीलाई बेलबारी ४ मा निर्माणाधीन नगर अस्पतालको भवन अवलोकन पनि गराइएको छ । उक्त भवन अवलोकन पश्चात् खापुङले नगर अस्पतालको भवन अस्पताल सञ्चालनको लागि पर्याप्त स्थान र राम्रो रहेको बताउनुभयो । कोशी प्रदेश प्रहरी अस्पतालको आफ्नै भवन निर्माण कार्य सम्पन्न नभएसम्म हाललाई बेलबारी नगरपालिकाको नगर अस्पताल र कोशी प्रदेश नेपाल प्रहरी अस्पताल संयुक्त रूपमा सञ्चालन गर्ने योजना रहेको छ ।

समुद्घाटन समारोहमा सुन्दरहरैंचा नगरपालिकाका नगर प्रमुख केदारप्रसाद गुरागाईँ, केराबारी गाउँपालिकाका अध्यक्ष सुमन मिरिङचिङ मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले आफ्नो भनाइ राखेका थिए । कार्यक्रममा बेलबारी नगरपालिकाकी नगर उपप्रमुख नितु थापा कोइराला, केराबारी गाउँपालिकाकी उपाध्यक्ष मनमाया मगर, राजनीतिक दलका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी नवराज कार्कीले कार्यक्रममा स्वागत मन्तव्य गर्नुभएको थियो । इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख प्रहरी निरीक्षक तेज दाहालले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments