इटहरीः नगर कार्यपालिकाले पारित गरेभन्दा फरक निर्णय भएको भनी कीर्ते निर्णय लेखी नगरको ऐन इटहरीका नगरप्रमुख हेमकर्ण पौडेलले बनाउन लागेको आरोप नेकपा एमाले इटहरीले लगाएको छ ।
नेकपा एमालेले शुक्रबार इटहरीमा गरेको पत्रकार सम्मेलनमा बोल्दै नगर उपप्रमुख सङ्गीता चौधरीले शिक्षा ऐनको धारा १०२ लाई मेयर पौडेलले नै तोडमोड गरेको आरोप लगाउनुभयो । कार्यपालिकामा एउटा निर्णय पारित हुने तर ऐन बनाउँदा त्यसलाई परिमार्जन गरेर लेखिने गरेको उहाँले बताउनुभयो ।
केही समय अघि इटहरी उप महानगरपालिकाका सबै विद्यालयहरूमा एकै प्रकारको पोसाक लगाउनु पर्ने भन्दै सबै विद्यालयहरूलाई नगरले पत्राचार गरेको थियो ।
सो निर्णयविरुद्ध संस्थागत विद्यालय सञ्चालकहरूको सङ्गठन प्याब्सनले फागुन २३ गते उच्च अदालतमा रिट दायर गरेको छ ।