काठमाडौंः राष्ट्रिय कृषक समूह महासंघ नेपालको तेस्रो राष्ट्रिय महाधिवेशनले पञ्चकाजी श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । यसअघि उनी संस्थाको उपाध्यक्ष थिए ।
नयाँ कार्यसमितिको उपाध्यक्षहरूमा कोशीबाट गणेशप्रसाद पोखरेल, मधेसबाट बलीराम शाह, बागमतीबाट अनिता बस्नेत, गण्डकीबाट चित्रनाथ पौडेल, लुम्बिनीबाट कुमारी चौधरी, कर्णालीबाट नवीन सिंह मडेल र सुदुरपश्चिमबाट गिरिराज शर्मा निर्वाचित भएका छन् । महासचिवमा महानन्द सापकोटा तथा सचिवमा लक्ष्मी भण्डारी र कोषध्यक्षमा गीता भुजेल निर्वाचित भएका छन् ।
सदस्यहरूमा कोशीबाट राधा निरौला र विष्णु प्रसाद दुलाल, मधेशबाट सुजितादेवी र रमेशकुमार शाह, बागमतीबाट मीरा शाह र रामप्रसाद गौतम, लुम्बिनीबाट शान्ता न्यौपाने खनाल र कुमार शाही, गण्डकीबाट ज्ञानु भण्डारी र ध्रुवप्रसाद खनाल, कर्णालीबाट लीलावती ढकाल र मोतिराम अधिकारी तथा सुदुर पश्चिमबाट रेवन्ती बोहरा र पूर्ण सिंह साउद छानिएका छन् ।
समावेशी क्षेत्रतर्फ दलितबाट सृजना बिक र रामकृष्ण नेपाली, आदिवासी जनजातिबाट लुना थापा, पार्वती सारु मगर, लक्ष्मीकुमारी चौधरी कमलबहादुर गुरुङ, रवीन्द्रलाल माझी, मधेसीबाट कवितादेवी महत्तो, बबितादेवी, जोगानन्दप्रसाद कलवार, थारुबाट विमलादेवी चौधरी, मुस्लिमबाट रसीद खान तथा खुला सदस्यहरूमा रमा ढुङ्गाना, उषा खत्री, नारद निरौला, गणेश सापकोटा र गणेश विष्ट छनोट भएका छन् ।
लेखा समितिको संयोजकमा सुरेन्द्र गिरी तथा सदस्यमा दुर्गा प्रसाद भुर्तेल छनोट भएका छन् ।