Tuesday, December 24, 2024
Homeकला र साहित्यकाठमाडौंमा मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी शुरु

काठमाडौंमा मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी शुरु

काठमाडौंः शनिबारदेखि काठमाडौंमा मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी शुरु भएको छ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र धनु आर्ट स्टुडियो काठमाडौंको संयुक्त आयोजनामा मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी–२०८० शुरु भएको छ ।

प्रदर्शनीको राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौंस्थित नेपाल आर्ट काउन्सिलमा एक समारोहबीच क्यानभासमा रङ लगाएर उद्घाटन गरे । सो अवसरमा त्यहाँ राखिएका चित्रकलाको राष्ट्रपति पौडेलले अवलोकन पनि गरेका थिए ।

कला, संस्कृति र पर्यटन प्रवर्द्धनको उद्देश्यले खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र धनु आर्ट स्टुडियो काठमाडौँले गत असोज १७ देखि २१ गतेसम्म दिक्तेलमा मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला कार्यशाला आयोजना गरेको र चित्रकलाको माध्यमबाट देशलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन त्यसबाट सहयोग पुग्ने नगरपालिकाका मेयर तीर्थराज भट्टराईले बताए ।

नेपाल, अष्ट्रेलिया, बङ्गलादेश, भुटान, चीन, इजिप्ट, भारत, जापान, लात्भिया, लिथुआनिया, दक्षिण कोरिया, संयुक्त राज्य अमेरिका, युक्रेन र भियतनामसहित १४ देशका ४३ जना वरिष्ठ चित्रकारहरूको सहभागितामा सम्पन्न भएको चित्रकला कार्यशाला र ५० देशभन्दा बढीका चित्रकारद्वारा सिर्जना गरिएका १७० वटा चित्रसहित वृहत् चित्रकला प्रदर्शनी गरिएको धनु आर्ट स्टुडियोका प्रमुख वरिष्ठ चित्रकार धनु याख्खाले जानकारी दिए ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका सबै वडाहरूबाट त्यहाँका प्राकृतिक, सांस्कृतिक, ऐतिहासिक, भौगोलिक स्थान, क्षेत्र र जीवनशैलीको परिचय र पर्यटकीय महत्वसहितका तस्बिरहरूको छनोट तथा प्राथमिकीकरण गरिएको थियो । त्यस्तै जिल्लाका सबै स्थानीय तहहरूले समेत छनोट तथा प्राथमिकीकरण गरी पठाएका तस्बिरहरू समावेश गरी प्रत्यक्ष चित्रकला कार्यशाला सम्पन्न गरिएको मेयर भट्टराईले जानकारी दिए ।

प्रदर्शनी फागुन १७ गतेसम्म चल्ने छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments