Tuesday, December 24, 2024
Homeफिचरअधिकांश बीमा कम्पनी ‘जेड’ वर्गमा, ‘ए’ वर्गमा नेपाल इन्स्योरेन्समात्रै

अधिकांश बीमा कम्पनी ‘जेड’ वर्गमा, ‘ए’ वर्गमा नेपाल इन्स्योरेन्समात्रै

विराटचोकः बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सूचीकृत कम्पनीहरूको वर्गीकरण गरेको छ । नेप्सेले आर्थिक वर्ष २०८०\८१ पुस मसान्त सम्म अद्यावधिक विवरणअनुसार २७१ कम्पनीको वर्गीकरण सार्वजनिक गरेको हो ।

१२ जीवन बीमा कम्पनी, १२ निर्जीवन बीमा कम्पनी र दुई पुनर्बीमा कम्पनी नेप्सेमा सूचीकृत छन् । नेप्सेले सूचीकृत कम्पनीहरूको वित्तीय अवस्था, लाभांश वितरण, चुक्तापूँजीको अवस्था र साधारण सभा समयमा नै गरे\नगरेको अवस्था हेरेर ‘ए’, ‘बी’, ‘जी’ र ‘जेड’ गरी कुल चार वर्गमा सूचीकृत कम्पनीहरूलाई विभाजन गरेको छ ।

नेप्सेका अनुसार बीमा कम्पनीहरूमध्ये नेपाल इन्स्योरेन्स मात्रै ‘ए’ वर्गमा परेको छ ।

कम्पनीको धितोपत्र नेप्सेमा सूचीकृत भएको तीन वर्ष भएको, विगत तीन आर्थिक वर्ष लगातार नाफामा रहेर १० प्रतिशतका दरले लाभांश वितरण गरेको, नियमनकारी निकाय बीमा प्राधिकरणले तोकेको ढाँचामा वित्तीय विवरण राखेको र आव समाप्त भएको ६ महिनाभित्र वार्षिक साधारण सभा सम्पन्न गरेकाले वर्ग ‘ए’ भित्र परेको नेप्सेले जनाएको छ ।

नेप्सेका अनुसार वर्ग ‘बी’मा भने कुनै पनि बीमा कम्पनी परेका छैनन् । कम्तीमा तीन अर्ब रुपैयाँ चुक्तापूँजी, नेप्सेमा सूचीकृत भएको ३ वर्ष भएको, विगत ३ वर्षमा कम्तीमा दुई आर्थिक वर्षमा नाफा गरेको, आव सकिएको ६ महिनाभित्र वार्षिक साधारण सभा सम्पन्न गरेको र सञ्चित नोक्सानी नरहेका कम्पनीहरू वर्ग ‘बी’ मा परेका छन् ।

‘जी’ ग्रुपमा ५ बीमा कम्पनी परेका छन् । आइएमई लाइफ, रिलायबल नेपाल लाइफ, सिटिजन लाइफ, सन् नेपाल लाइफ र हिमालयन रिइन्स्योरेन्स नेप्सेमा सूचीकृत भएको दुई वर्ष पूरा नभएसम्म वर्ग ‘जी’मा पर्ने नेप्सेले जनाएको छ ।

‘जेड’ समूहमा नेपाल रिइन्स्योरेन्ससहित १९ बीमा कम्पनी परेका छन् ।

नेप्सेमा सूचीकृत २७१ कम्पनीहरूको वर्गीकरण, ३१ कम्पनी समूह ‘ए’ मा

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments