Tuesday, December 24, 2024
Homeफिचरप्रोटिन दिवस २०२४ को मुख्य नारा ‘सल्भ विथ प्रोटिन’

प्रोटिन दिवस २०२४ को मुख्य नारा ‘सल्भ विथ प्रोटिन’

काठमाडौंः युएस सोयाबीन एक्स्पोर्ट काउन्सिल (युएसएसईसी) द्वारा सञ्चालित सचेतना पहल ‘राइट टु प्रोटिन’ले आफ्नो स्थापनाको ५ औँ वर्ष पारेर फेब्रुअरी २७ मा मनाइने प्रोटिन दिवस २०२४ को विषयवस्तुको रूपमा ‘सल्भ विथ प्रोटिन’ अवधारणा अगाडि सारेको छ ।

प्रोटिन दिवस २०२४ को ‘सल्भ विथ प्रोटिन’ नाराले विभिन्न ब्रान्ड, नागरिक अगुवा, मिडियाकर्मी तथा नागरिकहरूलाई प्रोटिनको प्रयोगले स्वस्थ समाज निर्माणमा सहयोग पुर्याउने सन्देशलाई व्यापक बनाउने जनाइएको छ ।

राइट टु प्रोटिनले हरेक खानामा प्रोटिन जागरूकता र खपत बढाउन पोषणविद्, खाद्य उद्योग विशेषज्ञ, सेफ, फुड ब्राण्ड र नागरिक अगुवा लगायत अन्य समर्थकहरूको साथमा फेब्रुअरी २७ मा प्रोटिन दिवस २०२४ मनाउने तयारी गरेको जनाएको छ ।

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments