बेलबारीः प्रदेश कृषि सहकारी संघ कोशीको प्रारम्भिक साधारणसभाले खगेन्द्रराज भण्डारीलाई अध्यक्षमा चयन गरेको छ । बेलबारीमा भएको साधारणसभाले तदर्थ समितिका अध्यक्ष भण्डारीलाई नै कार्यसमितिको अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।
साधारणसभाले अधिकांश पदाधिकारी सर्वसम्मत चयन गरेको छ । संघको उपाध्यक्षमा भोलाकाजी बस्नेत, सचिवमा रवीन्द्र आचार्य, सहसचिवमा खेमकुमारी निरौला र कोषाध्यक्षमा केशव सापकोटा चयन भएका छन् ।
कार्यसमिति सदस्यहरुमा डागमकुमार राई, गीताकुमारी उप्रेती, तुलसा भुजेल, कुलबहादुर श्रेष्ठ, यमबहादुर राई, इन्दिरा निरौला, गंगाबहादुर राई, धनकुमारी मगर, विन्दादेवी राई चयन भएका छन् । तीन सदस्य पछि मनोनयन गरिने बताइएको छ ।
त्यस्तै, लेखा समिति सुपरीवेक्षण समितिको संयोजकमा भुपराज लुइँटेल (झापा) तथा सदस्यद्वयमा मेघनाथ शर्मा कट्टेल (मोरङ) र शिला राई (सुनसरी) चयन भएका छन् ।
राष्ट्रिय सहकारी महासंघका वरिष्ठ उपाध्यक्ष रमेश पोख्रेलको प्रमुख आतिथ्यतामा भएको साधारण सभामा नेपाल कृषि सहकारी केन्द्रीय संघका अध्यक्ष खेमबहादुर पाठक विशिष्ट अतिथि रहेका थिए । नेपाल कृषि सहकारी केन्द्रीय संघकी उपाध्यक्ष मीना ढकाल, नेपाल कृषि सहकारी केन्द्रीय संघका सञ्चालक हरिबहादुर बस्नेत, प्रदेश सहकारी संघ कोशीका अध्यक्ष डिल्ली पोखरेल, केन्द्रीय संघका महाप्रबन्धक रुद्र भट्टराईलगायत अतिथि रहेका थिए ।