Monday, December 23, 2024
Homeअर्थसाना किसान कृषि सहकारी लेटाङमा कृषि सहकारीका समस्या विषयक गोष्ठी सम्पन्न

साना किसान कृषि सहकारी लेटाङमा कृषि सहकारीका समस्या विषयक गोष्ठी सम्पन्न

लेटाङः साना किसान कृषि सहकारी संस्था लेटाङका अगुवा किसानबीच साना किसान कृषि सहकारीका वर्तमान चुनौती र समाधान विषयक गोष्ठी सम्पन्न भएको छ । गोष्ठीमा वर्तमान अवस्थामा साना किसान कृषि सहकारीहरुले भोग्नुपरेका समस्या तथा समाधानका विषयमा छलफल भएको थियो ।

गोष्ठीका प्रमुख अतिथि तथा प्रमुख वक्ता साना किसान कृषि सहकारी संघका अध्यक्ष खेमबहादुर पाठकले साना किसानहरुले भोग्नुपरेको मुख्य समस्या बजारको रहेको बताए । मल, बीउ तथा सिँचाइको अभावलगायतका अन्य समस्या किसानले भोग्नुपरेको उनको भनाइ थियो ।

नेपालको कृषि पद्धति परम्परागत रहेको र आधुनिक प्रविधिको प्रयोग गरी व्यावसायिक रूपमा कृषि गर्ने किसान कम रहेको उनको भनाइ थियो ।

संघले अब किसानलाई कोरियामा अभ्यास खेतीका लागि पठाउने तयारी गरिरहेको उनले बताए । इजरायलमा गर्मी हुनुका साथै सुरक्षा अवस्था पनि बिग्रिएकाले कृषि कर्ममा लागिरहेका किसानलाई तालीमका लागि कोरिया पठाउने तयारी गरिरहेको उनको भनाइ थियो ।

गोष्ठी आयोजक संस्थाका अध्यक्ष नगेन्द्रप्रसाद घिमिरेको अध्यक्षतामा भएको गोष्ठीमा, संघका केन्द्रीय सदस्य खगेन्द्रराज भण्डारी, साना किसान लघुवित्त वित्तीय संस्था इटहरीका प्रबन्धक दीपकराज पाण्डे लगायतको अतिथ्यता रहेको थियो ।

गोष्ठीमा साना किसान कृषि सहकारी संस्था लेटाङका प्रबन्धक मनोज बिष्टले संस्थाको वर्तमान अवस्थाबारे प्रतिवेदन प्रस्तुत गरेका थिए ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments