विराटचोकः घलेम्दी हाइड्रोपावरले लिलामीमा बिक्रीमा राखेको ३२ लाख १७ हजार ७२४ कित्ता शेयरमा १५१ रुपैयाँ ३५ पैसा न्यूनतम मूल्य (कट आफ प्राइस) कायम भएको छ ।
कम्पनीले मंसिर १० गतेदेखि पुस १६ गतेसम्म २०० प्रतिशत हकप्रद बिक्री खुला गरेको थियो । जसमध्ये सर्वसाधारण समूहलाई छुट्याईएको १ करोड १० लाख कित्ता हकप्रद सेयरमा ७७ लाख ८२ हजार २७६ कित्ताका लागि मात्र आवेदन परेको थियो । सो अवधिमा कम्पनीले बिक्री नभएको बाँकी शेयर कम्पनीले लिलामीमा ल्याएको थियो ।








