विराटचोकः नेपालमा आज मंसिर १ गते राष्ट्रिय कर दिवस मनाइँदैछ ।
यस वर्षको राष्ट्रिय कर दिवसको नारा ‘कर न्याय र सुशासनको सुनिश्चितताः समृद्धिमा नागरिकको साझेदारी’ तय गरिएको छ ।
राष्ट्रिय कर दिवसका अवसरमा अर्थ मन्त्रालयअन्तर्गत विभिन्न कार्यक्रम आयोजना गरिने भएका छन् ।
कर दिवसको अवसरमा गत आर्थिक वर्षमा विभिन्न विधामा उत्कृष्ट भएका करदाता सम्मानित भएका छन् ।
सरकारले मूल्य अभिवृद्धि कर ऐन, २०५२ लागू भएको दिन २०५४ मंसिर १ गतेलाई आधार मानेर २०६९ सालदेखि मंसिर १ गते राष्ट्रिय कर दिवस मनाउँदै आएको छ ।
कर दिवसका अवसरमा सरकारले उत्कृष्ट करदातालाई सम्मान तथा पुरस्कृत गर्दै आएको छ ।





