Sunday, November 15, 2026
Homeखेलकुदएनपीएलको प्लेअफमा पुगे दुई टोली, तीन बाहिरिँदा अब दुई स्थानका लागि तीन...

एनपीएलको प्लेअफमा पुगे दुई टोली, तीन बाहिरिँदा अब दुई स्थानका लागि तीन टोली खेल्दै

विराटचोकः कीर्तिपुरमा जारी नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो सिजनमा प्ले अफमा दुई टोली पुगेका छन् । तीन टोली बाहिरिएका छन् । अब बाँकी तीन टोलीबाट प्लेअफमा पुग्ने २ टोली टुङ्गो लाग्ने भएको छ ।

एनपीएलको तेस्रो सिजनमा जनकपुर, कर्णाली र पोखराको यात्रा लिग चरणमै समाप्त भएको छ । साबिक उपविजेता सुदूरपश्चिम रोयल्स र साबिक विजेता लुम्बिनी लायन्सले प्लेअफमा स्थान पक्का गरिसकेका छन् ।

अब बाँकी दुई स्थानका लागि काठमाडौं गोर्खाज, चितवन राइनोज तथा विराटनगर किंग्सबीच प्रतिस्पर्धा हुनेछ ।

अन्तिम खेलअघि काठमाडौं ८ अंकसहित तेस्रो स्थानमा छ । चितवन ७ अंकसहित चौथो र विराटनगर ६ अंकसहित पाँचौं स्थानमा छ ।

काठमाडौंले अन्तिम खेलमा पोखरा एभेन्जर्ससँग खेल्नेछ । काठमाडौं पराजित भए पनि उसको प्लेअफ सम्भावना कायम रहनेछ । तर चितवन र विराटनगरका लागि भने अन्तिम खेल जित्नैपर्ने दबाब छ । अझ विराटनगरका लागि जीत निकालेर मात्र पुग्दैन बाँकी दुई टोलीको हारको कामना गर्नु पर्नेछ ।

अन्तिम खेलमा चितवनले कर्णाली याक्स तथा विराटनगरले लुम्बिनी लायन्ससँग प्रतिस्पर्धा गर्नेछन् । तीनै टोलीको अन्तिम नतिजापछि शीर्ष चारको समीकरण पूरा हुनेछ । आवश्यक अवस्थामा नेट रनरेटले पनि प्लेअफ पुग्ने टोलीको टुंगो लगाउनेछ ।

आज साबिक विजेता लुम्बिनी लायन्स र विराटनगर किंग्सबीच प्रतिष्पर्धा हुँदैछ । लुम्बिनी लायन्सले आजको खेल हारे पनि प्ले अफमा पुग्नेछ । विराटनगर किंग्स भने आज विजयी हुँदैमा प्लेअफमा पुग्ने छैन । विराटनगरले जीत निकालेर मात्र पुग्दैन काठमाडौं गोर्खाज र चितवन राइनोज पराजित भएमा मात्रै विराटनगर प्लेअफमा पुग्नेछ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments