Sunday, November 15, 2026
Homeकला र साहित्यजनसाहित्यिक संघद्वारा १९ स्रष्टा सम्मानित, भ्रमणकाव्य विमोचित, सर्जकद्वारा रचनावाचन

जनसाहित्यिक संघद्वारा १९ स्रष्टा सम्मानित, भ्रमणकाव्य विमोचित, सर्जकद्वारा रचनावाचन

दमकः जनसाहित्य सङ्घ, नेपाल कोशी प्रदेश समितिको आयोजनामा दमक बहुमुखी क्याम्पसको सभाहल, दमक–९ मा स्रष्टा सम्मान, रचनावाचन तथा कृति विमोचन कार्यक्रम सम्पन्न भएको छ ।

जनसांस्कृतिक महासङ्घ नेपालका संयोजक भीम कुमाखीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा विभिन्न क्षेत्रका स्रष्टाहरूको सम्मान गर्नुका साथै कृति विमोचन गरिएको थियो ।

कार्यक्रममा वासुदेव खनालले परिचर्चाकारको भूमिका निर्वाह गर्नुभएको थियो भने ‘यात्रा’ (भ्रमणकाव्य) नामक कृति लोकार्पण गरिएको थियो ।

कार्यक्रममा नेपाली साहित्यको श्रीवृद्धि, सिर्जनात्मक लेखन र कला–साहित्यको क्षेत्रमा पुर्याउनुभएको योगदानको उच्च कदर गर्दै १९ जना स्रष्टालाई सम्मान गरिएको थियो ।

कार्यक्रममा रेखा सुवेदी, तिला लेकाली, बिन्दु दाहाल ‘मूकदर्शक’, मिश्र वैजयन्ती, प्राज्ञ हरि पौडेल, सहप्रा–टेकनाथ घिमिरे ‘माधव’, दुर्गा लिम्बू ‘सानो कोविद’, धनकुटे कान्छा, शिव रेग्मी ‘प्रणत’, खगेन्द्र न्यौपाने, अभिषेक दास, निर्मला भट्टराई, प्रकाश बुढाथोकी, उमानाथ दाहाल, पदमप्रसाद ओली, विराज परियार, प्रतिमान तामाङ, गीताप्रसाद श्रेष्ठ र हेमनाथ अधिकारीलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा सम्मानित तथा अन्य स्रष्टाले आफ्ना रचना वाचन गर्नुभएको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments