Saturday, October 31, 2026
Homeखेलकुदवर्षाका कारण प्रथम मझिया स्मृति कपको फाइनल खेल स्थगित

वर्षाका कारण प्रथम मझिया स्मृति कपको फाइनल खेल स्थगित

मादीः संखुवासभाको मादी नगरपालिका–३, मूलखर्कमा जारी प्रथम मझिया स्मृति कप २०८३ आमन्त्रित महिला फुटबल प्रतियोगिताको फाइनल खेल अत्यधिक वर्षाका कारण स्थगित भएको छ ।

अस्तिदेखि निरन्तर भइरहेको भारी वर्षाका कारण खेलमैदानको अवस्था प्रतिकूल बनेपछि निर्धारित समयमा हुन नसकेको फाइनल खेल आज दिउँसो १२ बजेसम्मका लागि सारिएको हो ।

आयोजकका अनुसार आज दिउँसो १२ बजेदेखि तेह्रथुमको फेदाप गाउँपालिका र ललितपुरको सातदोबाटो युथ क्लबबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ ।

वर्षाका कारण संखुवासभाकै खाँदबारीमा आजदेखि शुरु हुने भनिएको गोल्डकप पनि दुई दिन पछि शुरु हुने भएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments