Tuesday, December 24, 2024
Homeफिचरनेप्से र सेन्सेटिभ इण्डेक्सको मिलेन तालमेल, एउटा बढिरह्यो, अर्काे घटिरह्यो

नेप्से र सेन्सेटिभ इण्डेक्सको मिलेन तालमेल, एउटा बढिरह्यो, अर्काे घटिरह्यो

विराटचोकः सामान्यतः नेप्से इण्डेक्स र सेन्सेटिभ इण्डेक्स दुवै एउटै गतिमा हिँडिरहेका हुन्छन् । तर मङ्गलबारको शेयर बजारमा त्यस्तो देखिएन । नेप्से इण्डेक्स बढिरहँदा सेन्सेटिभ भने घटिरह्यो ।

लगानीका लागि सुरक्षित मानिने राम्रा कम्पनीको सूचक नाप्ने सेन्सेटिभ इण्डेक्स जति घट्यो समग्र शेयर बजार सूचक नेप्से इण्डेक्स भने आज दिनभर बढिरह्यो । ० दशमलव ३० प्रतिशत नेप्से बढ्दा ० दशमलव ३० प्रतिशत नै घटेको नेप्से बजार बन्द हुँदा ० दशमलव ४५ प्रतिशतले बढ्दा सेन्सेटिभ भने ० दशमलव ३८ प्रतिशतले घट्यो ।

आज नेप्से परिसूचक ९ दशमलव ४४ अंक अर्थात ० दशमलव ४५ प्रतिशतले बढेर २ हजार ५८ दशमलव ७१ बिन्दुमा पुगेको छ । बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स भने ० दशमलव ३८ प्रतिशतले घटेर ३७७ दशमलव ८३ बिन्दुुमा झरेको छ ।

नेप्सेमा सूचीकृत मध्ये ३१५ वटा कम्पनीको ७६ लाख २४ हजार ३७६ कित्ता सेयर ६६ हजार ५५९ पटक किनबेच हुँदा २ अर्ब ५९ करोड १५ लाख ३४ हजार ९०७ रुपैयाँको कारोबार भएको छ ।

लगानीकर्ताले राष्ट्र बैंकको लचिलो अर्धवार्षिक समीक्षा कुरिरहेको अनुमान गरिएको छ । यसै महिना राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्ने भएको छ । फागुन महिनाका लागि नयाँ ब्याजदर पनि आउने बेला भएको छ । ब्याजदर घटेर आउने सम्भावना छ । त्यसले पनि बजार बढ्न मद्दत गर्ने लगानीकर्ता बताउँछन् ।

आज अन्य उपसूचक ० दशमलव ५५ र व्यापार उपसूचक ० दशमलव ५४ प्रतिशतले झरेका छन् । बाँकी ११ वटा उपसूचकमा हरियाली छाएको छ ।

आज पनि हिमालयन रिइन्स्योरेन्सको सबैभन्दा धेरै ३३ करोड ७६ लाख २ हजार ४७० रुपैयाँको शेयर कारोबार भएको छ । माउन्टेन इनर्जी, नेपाल पुनर्बीमा कम्पनी, नेपाल टेलिकम र हाथवे इन्भेष्टमेन्ट कम्पनी उच्च कारोबार गर्ने कम्पनीमा परेका छन् ।

समाज लघुवित्तको १० प्रतिशतले शेयरमूल्य बढ्दा सामलिङ पावरको शेयरमूल्य १० प्रतिशतले झरेको छ ।

बजार बढेसँगै समग्र बजार पूँजीकरण ३२ खर्ब ७८ अर्ब ५७ करोड २ लाख ५६ हजार ८०५ रुपैयाँ कायम भएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments