विराटनगरः आजदेखि विराटनगरमा ‘विराट ट्रेड फेयर’ शुरु हुँदैछ । विराटनगरस्थित जैन भवन परिसरमा आयोजना हुन लागेको ९ दिने व्यापार मेलाको कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज दिउँसो साढे २ बजे औपचारिक उद्घाटन गर्ने कार्यक्रम छ ।
संघले १५ वर्षपछि दोस्रोपटक आयोजना गरेको यो बृहत् मेलामा ११० भन्दा बढी स्टलहरू रहेका छन् । असोज ३० गतेसम्म चल्ने मेला अवधिभर परिसरभित्र साढे १६ करोड रुपैयाँको प्रत्यक्ष कारोबार हुने र चाडपर्वको किनमेल विराटनगरमै रोकिँदा समग्र बजारमा करिब १ अर्ब रुपैयाँ बराबरको आर्थिक गतिविधि चलायमान हुने आयोजकको अनुमान छ ।
सो मेलामा स्वदेशी तथा स्थानीय उत्पादनका साथै अटोमोबाइल, प्रविधि प्रदर्शनी र दैनिक सांस्कृतिक कार्यक्रमहरू समेत हुने आयोजकले जनाएको छ ।





