Tuesday, October 13, 2026
Homeअर्थक्रिएटर र व्यवसायीलाई जोड्न ल्याइयो कोल्याब

क्रिएटर र व्यवसायीलाई जोड्न ल्याइयो कोल्याब

इटहरी । कन्टेन्ट क्रिएटर र व्यवसायीलाई आपसमा जोड्ने उद्देश्यका साथ नयाँ प्लेटफर्म ‘कोल्याब’ ल्याइएको छ ।

अष्ट्रेलियामा सफ्टवेयर इन्जिनियरिङ अध्ययन गरेर विभिन्न बहुराष्ट्रिय कम्पनीमा काम गरेका इटहरीका युवा सफ्टवेयर इन्जिनियर सुन्दर वनले सो प्लेटफर्म बनाएका हुन् । वनले बनाएको प्लेटफर्म अहिले वेबसाइटमा छ भने चाँडै नै एपमासमेत ल्याउने गरी काम भइरहेको जनाइएको छ ।

कन्टेन्ट क्रिएटर र व्यवसायीबीच पुलको काम गर्ने यो प्लेटफर्म दुवैको लागि उपयोगी हुने वनले बताए । धेरै क्रिएटरको बीचमा व्यवसायीले कोल्याबमार्फत् आफ्नो कम्पनिलाई आवश्यक क्रिएटर खोज्न सक्नेछन् भने क्रिएटरले पनि कोल्याबमार्फत् नै विभिन्न व्यवसायीहरुसँग सम्पर्क स्थापित गर्न सक्नेछन् । कोल्याबमार्फत् क्रिएटरले आफ्नो क्षमता देखाउन र रेटहरु अफर गर्न सक्नेछन् भने व्यवसायीले पनि सोही प्रकारले जानकारी प्रवाह गर्नेछन् ।

मौखिक अनि व्यक्तिगत चिनजानका आधारमा कामहरू जिम्मा लिँदा क्रिएटरहरूले सहमतिअनुसार तोकिएको समयमा भुक्तानी नपाउने, कामको बहानामा अनैतिक एप्रोच गर्नेलगायतका जोखिम भएकाले ती सबै जोखिम यो प्लेटफर्मको मद्दतले कम गरेर क्रिएटरलाई फाइदा हुने वनले जानकारी दिए ।

व्यवसायीहरुलाई पनि क्रिएटरहरु खोज्न सजिलो हुने तथा कोल्याबमा एआईसमेत इन्टिग्रेट गरिएकाले व्यावसायिक प्रस्तावहरू तयार पार्नको लागि उपयोगी हुने वनले जानकारी दिए ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments