Friday, October 2, 2026
Homeराजनीतिमोरङ–६ कांग्रेसमा क्षेत्रीय सभापति देवराज तामाङको खोसियो जिम्मेवारी

मोरङ–६ कांग्रेसमा क्षेत्रीय सभापति देवराज तामाङको खोसियो जिम्मेवारी

विराटचोकः नेपाली कांग्रेसले मोरङ प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. ६ को अधिवेशन सम्पन्न गराउने विशेष जिम्मेवारी जिल्ला सहसचिव सञ्जयकुमार मण्डललाई दिएको छ ।

बुधबार क्षेत्र नं. ६ को अधिवेशनका क्रममा सुन्दरहरैँचा–४ स्थित सिग्देल बन्धु समन्वय प्रतिष्ठानमा विवाद र झडप भएपछि कांग्रेसले मण्डललाई क्षेत्रीय अधिवेशनको संयोजकको जिम्मेवारी दिएको हो ।

कांग्रेस केन्द्रीय कार्यालयले मण्डललाई पठाएको पत्रमा जिल्ला कार्यसमितिको निर्णय तथा पार्टी विधानबमोजिम १५ औँ महाधिवेशनअन्तर्गत क्षेत्र नं. ६ को प्रतिनिधिसभा तथा प्रदेशसभा क्षेत्रीय अधिवेशन सम्पन्न गर्न विशेष जिम्मेवारी तोकिएको उल्लेख छ ।

निर्वाचन समितिसँग समन्वय गरी तोकिएको जिम्मेवारी पूरा गर्न मण्डललाई आग्रह गरिएको छ । यसअघि क्षेत्र नं. ६ को अधिवेशनको संयोजन क्षेत्रीय सभापति देवराज तामाङले गर्नुभएको थियो ।

बुधबार मनोनयन दर्ताका क्रममा विवाद भएपछि झडप हुँदा क्षेत्रीय सभापतिका उम्मेदवार चुमनारायण तबदार, चेतराज रेग्मी र समुन्द्र पोखरेललगायतमाथि आक्रमण गरी घाइते बनाइएको थियो ।

कांग्रेसले घटनाको दोष क्षेत्रीय सभापति तामाङलाई लगाएको छ । सभापति तामाङले घटनालाई योजनाबद्ध आक्रमणका रूपमा प्रस्तुत गरिएको भन्दै खण्डन गर्दै सामान्य धकेलाधकेल र विवादको अवस्थालाई अतिरञ्जित रूपमा प्रस्तुत गरिएको दाबी गर्दै आउनुभएको छ ।

आजदेखि अधिवेशनका बाँकी काम अघि बढाइने बताइएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments