Tuesday, September 29, 2026
Homeखेलकुदहातेमालोले गरेको चेस प्रतियोगितामा गंगा ढकाल पहिलो

हातेमालोले गरेको चेस प्रतियोगितामा गंगा ढकाल पहिलो

खोर्सानेः मोरङको सुन्दरहरैंचा–१० खोर्सानेमा रहेको हातेमालो बहुउद्देश्यीय सहकारी संस्थाको रजत जयन्तीको अवसरमा आयोजित सप्ताहव्यापी कार्यक्रमअन्तर्गत हिजो भएको चेस प्रतियोगितामा गंगा ढकाल पहिलो हुनुभएको छ ।

संस्थाको सभाहलमा भएको प्रतियोगितामा लक्ष्मीकुमार श्रेष्ठ दोस्रो र अशोक राई तेस्रो हुनुभएको छ । प्रतियोगितामा दियोग ढकालले ‘ब्लुमिङ प्लेयर’को उपाधि प्राप्त गरेको संस्थाका अध्यक्ष हेमराज सुवेदीले जानकारी दिनुभयो ।

८ टिमको सहभागिता रहेको प्रतियोगिता नकआउट चरणमा सञ्चालन गरिएको थियो । प्रतियोगिताको आर्विटर विराट चेस क्लबका उपाध्यक्ष खगेन्द्र थापा रहनुभएको थियो ।
सहकारी संस्थाले रजत जयन्तीको अवसरमा साताव्यापी कार्यक्रम आयोजना गरिरहेको छ । जसअन्तर्गत पहिलो दिन आइतबार आँखा शिविर भएको थियो । आज अन्तरक्रिया तथा खेलकुद प्रतियोगिता हुने संस्थाकी व्यवस्थापक योजना शर्माले जानकारी दिनुभयो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments