Tuesday, December 24, 2024
Homeफिचरवार्षिकोत्सवको दिन १० प्रतिशत बढ्यो टेलिकमको शेयरभाउ, अन्तिम १ मिनेटमै नासाले १२...

वार्षिकोत्सवको दिन १० प्रतिशत बढ्यो टेलिकमको शेयरभाउ, अन्तिम १ मिनेटमै नासाले १२ अंक बढायो नेप्से

खेमचन्द्र अधिकारी
विराटचोकः जम्मा साढे १४ अंकले उकालो लागेको बजारमा आज अन्तिम मिनेटमा १२ अंकको बढोत्तरी भएको देखिन्छ । बजार बन्द हुनुभन्दा ३ मिनेट अघि अर्थात् २ बजेर ५७ मिनेट जाँदा २०६३ दशमलव १९ अंकमा देखिएको बजार २ बजेर ५८ मिनेट जाँदा २०६३ दशमलव ३८ अंकमा पुगेको छ । त्यसको १ मिनेटपछि २ बजेर ५९ मिनेट जाँदा २०६४ दशमलव ६६ अंकलाई छोएको नेप्से त्यसको १ मिनेटपछि बजार हुँदा दिउँसो ३ बजे २०७६ दशमलव २७ अंकमा अडिएको हो । आज बजार १४ दशमलव ५७ अंक बढेर २०७६ दशमलव २७ को बिन्दुमा अडिएको छ ।

वार्षिकोत्सवको दिन १० प्रतिशत बढ्यो टेलिकमको शेयरमूल्य, नासाले बढायो नेप्से सूचक
शेयर बजारमा नासा सेक्युरिटिज अर्थात् ब्रोकर नम्बर ५८ को चलखेल बढी हुने बताइन्छ । सोमबारको फ्लोरसिट हेर्दा पनि त्यस्तै देखिन्छ । सो ब्रोकरले आज अन्तिम मिनेटमा ८६८ रुपैयाँदेखिमाथिका टेलिकमका सबै शेयर किनेर ९५१ रुपैयाँ ५० पैसासम्मका सबै शेयर किनेको देखिन्छ । टेलिकमको ३० हजार कित्ता शेयर किनबेच हुँदा ५८ नम्बर ब्रोकरले मात्रै १८ हजारभन्दा बढी कित्ता किनेको छ ।

नेप्सेमा सूचीकृत १३ वटा उपसूचकमध्ये ४ वटामा गिरावट आएको छ । अन्य उपसूचक सर्वाधिक अर्थात् ४ दशमलव ६८ प्रतिशतले बढेको छ ।

निर्जीवन बीमाको उपसूचक सबैभन्दा धेरै ० दशमलव ४१ प्रतिशतले घटेको छ ।

आज पनि हिमालयन रि इन्स्योरेन्सको सर्वाधिक अर्थात् १८ करोड ५९ लाख ५ हजार १४ रुपैयाँको शेयर किनबेच भएको छ ।
ङादी ग्रुप पावर, हाथवे इन्भेष्टमेन्ट, चन्द्रागिरी हिल्स र रिडी पावर सर्वाधिक कारोबार गर्ने कम्पनीमा परेका छन् ।

नेपाल टेलिकम, पिपुल्स पावर, समाज लघुवित्त र जोशी हाइड्रोको शेयरमूल्य १० प्रतिशत बढेको छ । स्वाभिमान लघुवित्तको शेयरमूल्य सर्वाधिक ६ दशमलव ७८ प्रतिशतले घटेको छ ।

बजार बढेसँगै समग्र बजार पूँजीकरण ३२ खर्ब ६३ अर्ब ७२ करोड ५५ लाख ३६ हजार ७३४ रुपैयाँ कायम भएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments