विराटनगरः निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल मोरङको आयोजनामा विराटनगरमा माघ २६ देखि २८ गतेसम्म १३ औँ संस्करणको प्याब्सन स्पोर्ट्स मिट हुने भएको छ ।
विराटनगरमा आइतबार पत्रकार सम्मेलन गरी सो स्पोर्ट्स मिटमा जिल्लाका २१० वटा प्याब्सनमा आबद्ध सदस्य विद्यालयबाट ३ हजार बढी विद्यार्थीहरूले एक दर्जन बढी प्रतियोगितामा भाग लिने अध्यक्ष प्रेमलाल सिंह सुवालले जानकारी दिए ।
सो स्पोर्ट्स मिटमा २ हजार ५ भन्दा बढी एथलेटिक्स, टी–टी सिङ्गल इभेन्ट र कक्षा दशसम्मको प्याब्सन भलिबल कप हुनेछ ।
भलिबल छात्र\छात्रा दुवैतर्फको हुने सचिव जगत बस्नेतले जानकारी दिए । यसैगरी प्याब्सन प्रेसिडेन्ट कप यु– १५ फुटबल पनि हुनेछ । फुटबलमा पालिकाबाट विजय भएका आएका विद्यालयले जिल्लामा भाग लिन पाउनेछन् ।
प्रतियोगिताको उद्घाटन शहीद मैदानमा कोशी प्रदेशका प्रमुख पर्शुराम खापुङले गर्नेछन् ।