काठमाडौंः माण्डु हाइड्रोपावरले सामूहिक लगानी कोषहरुको लागि छुट्याएको साधारण सेयरको लकिङ अवधि फागुन २३ गते सकिने भएको छ ।
कम्पनीले जारी पूँजी १ अर्ब ३६ करोड ३६ लाख रुपैयाँको १२ प्रतिशत अर्थात् १६ लाख ३६ हजार ३७० कित्ता साधारण सेयर मध्येको ५ प्रतिशतले हुन आउने ७२ हजार १३३ कित्ता सामूहिक लगानी कोष नियमावली, २०६७ बमोजिम सामूहिक लगानी कोषहरुको लागि छुट्याई बाँडफाँड गरी सर्वसाधारणलाई गत भदौ २४ गते बाँडफाँड गरिएको थियो ।
धितोपत्र बोर्डको निर्देशनअनुसार सामूहिक लगानी कोष योजनाहरुलाई बाँडफाँड गरिएको साधारण सेयर सर्वसाधारणलाई सार्वजनिक निष्कासन गरी बाँडफाँड भएको मितिले ६ महिनासम्म लकिङ राख्नुपर्ने व्यवस्था छ ।