Tuesday, December 24, 2024
Homeफिचरबन्ने भो तमोर चिसाङ डाइभर्सन परियोजना, ४७ मेगावाट बिजुली पनि उत्पादन हुने

बन्ने भो तमोर चिसाङ डाइभर्सन परियोजना, ४७ मेगावाट बिजुली पनि उत्पादन हुने

लेटाङः आर्थिक वर्ष २०७६÷२०७७ साल को बजेटमा नदी पथान्तरण आयोजना अन्तर्गत तमोरको पानी चिसाङ खोलामा झार्नका लागि प्रारम्भिक सम्भाव्यता अध्ययन गर्न भनी बजेट विनियोजन गरी राष्ट्रिय गौरवको योजनाको रुपमा समावेश गरिएको थियो । त्यसपछि तमोर चिसाङ बहुउद्देश्यीय परियोजनाको रुपमा हरेक वर्ष बजेटमा सम्बोधन हुँदै आएको थियो । योजनाको प्रारम्भिक सम्भाव्यता अध्ययन सम्पन्न भएको छ ।

तमोर नदीमा डाइभर्सन बनाउनका लागि पाँचथरको कुम्मायक गाउँपालिका र तेह्रथुमको छथर गाउँपालिका आसपासको प्रभाव क्षेत्रमा जग्गा अधिग्रहणका लागि प्रकृया समेत अघि बढाइएको बताइएको छ । प्रारम्भिक सम्भाव्यता अध्ययन सकेर हाल विस्तृत परियोजना अध्ययनको काम अघि बढेको बताइएको छ ।

तमोरदेखि मोरङको लेटाङ १ लोखरा आसपासको क्षेत्रसम्म २५ किलोमिटर सुरुङ बनाई ४७ मेगावाट बिजुली उत्पादनका लागि पावरहाउस पनि लोखरा क्षेत्रमै निर्माण हुनेछ । लोखरा आसपासकै क्षेत्रमा चिसाङ खोलामा बाँध बनाई पूर्व र पश्चिमतर्फ २ वटा नहर सञ्चालन हुने भएका छन् । ती नहरको सिञ्चित क्षेत्र पूर्वमा झापको कन्काइ र पश्चिममा कोशी नदी आसपासको क्षेत्रसम्म गरी जम्मा १ लाख ७ हजार हेक्टर क्षेत्रमा सिँचाइ सुविधा उपलब्ध हुने बताइएको छ ।

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments