Thursday, September 17, 2026
Homeराजनीतिजेनजी आन्दोलनका घाइतेहरूले झापामा थाले आमरण अनसन

जेनजी आन्दोलनका घाइतेहरूले झापामा थाले आमरण अनसन

बिर्तामोडः झापाको बिर्तामोडमा जेनजी आन्दोलनका घाइतेले सरकारसमक्ष विभिन्न माग राख्दै आमरण अनशन सुरु गरेका छन् ।

आन्दोलनका क्रममा पेटमा गोली लागेका अर्जुनधारा नगरपालिका–६ का विवेक दनुवारले बिर्तामोडमा आमरण अनसन शुरु गरेका हुन् । उनको अनसनमा ऐक्यबद्धता जनाउँदै आन्दोलनका अन्य घाइतेहरू पनि सहभागी भएका छन् ।

जेन–जी आन्दोलन कुनै दललाई बहुमतको सरकार बनाउनका लागि मात्र उपयोग गरिएको जस्तो देखिएको भन्दै उनीहरूले तीव्र असन्तुष्टि व्यक्त गरेका थिए । झापामा जेनजी आन्दोलनका क्रममा १०० जनाभन्दा बढी घाइते भए पनि हालसम्म ४३ जनाले मात्र घाइते परिचयपत्र पाएका छन् ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments