Wednesday, September 16, 2026
Homeअर्थशेयरनेप्सेमा गिरावट, सबै समूह राताम्य

नेप्सेमा गिरावट, सबै समूह राताम्य

विराटचोकः पछिल्ला तीन कारोबार दिनदेखि बढिरहेको नेप्से आज भने दोहोरो अंकले घट्दा सबै सूचक राताम्य भएका छन् ।

आज नेप्से परिसूचक २१.१९ अंक घटेर २६१२.४२ विन्दुमा झरेको छ । नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ । हिजो ८ अर्ब २९ करोड रुपैयाँको शेयर खरिदबिक्री भएको बजारमा आज ३५० स्टकको ५५ हजार ८३१ पटकको कारोबारमा ५ अर्ब ३८ करोड ९५ लाख ७४ हजार रुपैयाँको १ करोड ५१ लाख १ हजार ५४३ कित्ता शेयर किनबेच भएको छ ।

घटेको बजारमा नारायणी डेभलपमेन्ट बैंकको शेयरमूल्य सर्वाधिक ६.३७ प्रतिशत बढेको छ । हिमाल दोलखा हाइड्रोपावर कम्पनीको शेयरमूल्य करिब साढे ५ प्रतिशत बढेको छ । कारोबारमा आएको एनएमबी हाइब्रिड फण्ड एल २ को इकाईमूल्य सर्वाधिक ७.७३ प्रतिशत घटेको छ ।

आज हिमाल दोलखा हाइड्रोपावरको सर्वाधिक ३७ करोड ९५ लाख ६४ हजार २१३ रुपैयाँको शेयर किनबेच भएको छ ।

बजार घटेसँगै समग्र बजार पूँजीकरण ४४ खर्ब ९६ अर्ब ७२ करोड २८ लाख ५२ हजार २३२ रुपैयाँ कायम भएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments