Tuesday, December 24, 2024
Homeफिचरसवा ५ अंक घट्यो नेप्से

सवा ५ अंक घट्यो नेप्से

काठमाडौंः आइतबार नेप्से परिसूचक ५ दशमलव ३१ अंक अर्थात् ०.२५ प्रतिशतले घटेर २ हजार ६१ दशमलव ७० बिन्दुमा अडिएको छ ।

नेप्सेमा सूचीकृतमध्ये ३०७ वटा कम्पनीको ९२ लाख ७२ हजार ७८२ कित्ता सेयर ३ अर्ब २१ करोड ६७ लाख २७ हजार २२१ रुपैयाँको शेयर किनबेच भएको छ ।

आइतबार नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ४ वटा उपसूचक मात्रै बढे । सबैभन्दा धेरै अन्य उपसूचक १.०४ प्रतिशतले घटेको छ ।

आइतबार हिमालयन रि इन्स्योरेन्सको सर्वाधिक शेयर कारोबार भएको छ । बजार घटे पनि युनिक नेपाल लघुवित्तको शेयरमूल्य १० प्रतिशतले बढेको छ । मोलुङ हाईड्रोपावर सेयरमूल्य ९ दशमलव ४६ ले बढ्दा समाज लघुवित्तको मूल्य ८ दशमलव २० प्रतिशतले बढेको छ ।

आइतबार महिला लघुवित्तको शेयरमूल्य सर्वाधिक ५ दशमलव ३७ प्रतिशतले घटेको छ ।

बजार घटेसँगै समग्र बजार पूँजीकरण ३२ खर्ब ४० अर्ब ४ करोड २७ लाख ७१ हजार १४ रुपैयाँ कायम भएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments