Sunday, September 13, 2026
Homeशिक्षा र स्वास्थ्यशान्ति क्षेत्र आधारभूत विद्यालयलाई कम्प्युटर र शैक्षिक सामग्री सहयोग गर्ने कार्कीको प्रतिबद्धता

शान्ति क्षेत्र आधारभूत विद्यालयलाई कम्प्युटर र शैक्षिक सामग्री सहयोग गर्ने कार्कीको प्रतिबद्धता

उर्लाबारीः मोरङको उर्लाबारी–८ स्थित शान्ति क्षेत्र आधारभूत विद्यालयको शैक्षिक तथा भौतिक अवस्थाबारे प्रा. डा. इन्द्रबहादुर कार्कीले स्थलगत अवलोकन गर्नुभएको छ ।

विद्यालयका अध्यक्ष प्रह्लाद थापा, प्रधानाध्यापक विशाल कट्टेल तथा नेपाल शिक्षक महासंघ मोरङका अध्यक्ष कुमार पोखरेलसहितको उपस्थितिमा भएको अवलोकनका क्रममा विद्यालयको वर्तमान अवस्था, शैक्षिक गतिविधि तथा आवश्यकताबारे जानकारी लिइएको थियो ।

प्रा. डा. कार्कीले विद्यालयको शैक्षिक गुणस्तर सुधारमा सहयोग पुर्याउने उद्देश्यले कम्प्युटर, शैक्षिक सामग्रीलगायत आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभएको छ । हाल कक्षा ६ सम्म सञ्चालनमा रहेको शान्ति क्षेत्र आधारभूत विद्यालयमा ९१ जना विद्यार्थी अध्ययनरत छन् ।

प्रा.डा. कार्कीले उर्लाबारीका शैक्षिक संस्थामा सहयोग गर्दै आउनुभएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments