Wednesday, September 9, 2026
Homeसमाचारशहीदको अनुहारसँग शालिकको अनुहार नमिलेको आफन्तले भनेपछि जेनजी स्मृति पार्क उद्घाटन नगरी...

शहीदको अनुहारसँग शालिकको अनुहार नमिलेको आफन्तले भनेपछि जेनजी स्मृति पार्क उद्घाटन नगरी फर्किए गृहमन्त्री

काठमाडौंः आज तय भएको जेनजी पार्क उद्घाटनस्थलमा पुगेर पार्क उद्घाटन नगरी गृहमन्त्री सुधन गुरुङ फर्किएका छन् । ललितपुरको सातदोबाटोस्थित पौडी पोखरी परिसरमा निर्माण गरिएको ‘जेनजी स्मृति पार्क’ उद्घाटन नगरी मन्त्री गुरुङ फर्किएका हुन् ।

निर्माण गरिएका शालिकहरू आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदहरूको अनुहारसँग मेल नखाएको भन्दै परिवारजनले आपत्ति जनाएपछि उनी पार्क उद्घाटन नगरी फर्किएका हुन् । शालिक बनाउन लापरबाही गरिएको शहीदका आफन्तको भनाइ छ ।

गत वर्षको भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा शहादत प्राप्त गरेका ४५ जनाको शालिक सो पार्कमा निर्माण गरिएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments