विराटचोकः वाणिज्य बैंकमा स्तरोन्नति हुने तयारीमा रहेको मुक्तिनाथ विकास बैंक लिमिटेडले एकैपटक दुई वित्तीय संस्थालाई प्राप्ति गर्ने रणनीति अघि बढाएको छ ।
मुक्तिनाथले मधेश प्रदेशमा बलियो उपस्थिति रहेको जानकी फाइनान्स कम्पनी लिमिटेड र सिन्धुपाल्चोक केन्द्रित सिन्धु विकास बैंक लिमिटेडलाई प्राप्ति गर्ने प्रारम्भिक सम्झौता गरेको छ । यो खबर सार्वजनिक भएलगत्तै खुलेको शेयर बजारमा यी तिनै कम्पनीको शेयर मूल्य घटेको छ । मुक्तिनाथको शेयरमूल्य सामान्य घटे पनि अन्य दुई कम्पनीको मूल्य १५ प्रतिशत घटेको छ ।
मुक्तिनाथ विकास बैंकको दोलखा र सिन्धुपाल्चोक क्षेत्रमा उपस्थिति तुलनात्मक रूपमा कमजोर छ । मधेस प्रदेशमा पनि बैंकको व्यवसाय सानो भएकाले सोही कमजोरीलाई पूरा गर्न ती दुई वित्तीय संस्थालाई प्राप्ति गर्ने कार्य अघि बढाइएको बताइएको छ ।
बैंकको भदौ १९ गते बिहान बसेको सञ्चालक समितिको ३८५औँ बैठकले जानकी फाइनान्स र सिन्धु विकास बैंकलाई प्राप्ति गर्ने निर्णय गरेको थियो । सोही दिन तीनवटै संस्थाबीच प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर भएको थियो ।
सम्झौतापछि भदौ २२ गते पहिलो पटक शेयर बजार खुल्नासाथ जानकी र सिन्धु विकास बैंकको शेयरमूल्य १५ प्रतिशत घटेको हो ।
सिन्धु विकास बैंकको शेयरमूल्य ८७ रुपैयाँ ८० पैसा घटेर ४९७ रुपैयाँ ७० पैसामा झरेको छ ।
जानकी फाइनान्सको शेयरमूल्य ५५ रुपैयाँ ३० पैसा घटेर ३१३ रुपैयाँ ६० पैसामा झरेको छ ।
मुक्तिनाथ विकास बैंकको शेयरमूल्य ३ दशमलव ०५ प्रतिशत अर्थात् १० रुपैयाँ ९० पैसा घटेर ३४६ रुपैयाँमा झरेको छ ।
मुक्तिनाथ विकास बैंकले जानकी फाइनान्स र सिन्धु विकास बैंकलाई प्राप्ति गरी वाणिज्य बैंकको बाटोमा जाने





