विरनटचोकः यो साता नेप्से परिसूचक १७ दशमलव ०८ अंक घटेर बन्द भएको छ । गत साता २०८४.०९ विन्दुमा बन्द भएको नेप्से, यो साता ०.८२ प्रतिशत अर्थात १७ दशमलव ०८ अंक घटेर २०८४ दशमलव ०९ विन्दुमा झरेको छ ।
यस साता ५ कारोबार दिनमध्ये ३ कारोबार दिन नेप्से परिसूचक उकालो लागे पनि समग्रमा नेप्से सूचक ओरालो लागेको हो ।
यो साता ३ उपसमूहको परिसूचक बढेको छ भने बाँकी १० उपसमूहको परिसूचक घटेको छ । यो साता अन्य उपसमूहको परिसूचक सर्वाधिक ३ दशमलव ८५ प्रतिशत बढेको छ । त्यस्तै, यस साता व्यापार र जलविद्युत उपसमूहको परिसूचक सामान्य बढेको छ ।
यो साता होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक २ दशमलव ९७ प्रतिशत घटेको छ ।
समाज लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य सर्वाधिक ३९ दशलमव ३५ प्रतिशत बढेको छ । मोलुङ्ग हाइड्रोपावर कम्पनी र इन्फिनिटी लघुवित्तको शेयरमूल्य १२ प्रतिशतभन्दा बढी घटेको छ ।