Tuesday, December 24, 2024
Homeफिचरश्वेतगङ्गा हाइड्रोपावरमा रहेको विदेशी लगानीकर्ताको लक इन अवधि फागुन २ गते सकिँदै

श्वेतगङ्गा हाइड्रोपावरमा रहेको विदेशी लगानीकर्ताको लक इन अवधि फागुन २ गते सकिँदै

विराटचोकः श्वेतगङ्गा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडको लक इन अवधि फागुन २ गते सकिने भएको छ ।

‘धितोपत्र दर्ता तथा निष्कासन नियमावली, २०७३’ को नियम ३८ को उपनियम (१) र (१ क) बमोजिम उक्त शेयरधनी संस्थाको नाममा रहेको कम्पनीको प्रति शेयर रू. १०० दरका ३८ लाख ५१ हजार कित्ता शेयर खरिद बिक्री वा हस्तान्तरण वा लेनदेन गर्न नसक्ने गरी रोक्का रहेको एक वर्षको लक इन अवधि फागुन २ मा सकिने भएको हो ।

कम्पनीको डोल्मा ईम्प्याक्ट १ को नाममा रहेको ३८ लाख ५१ हजार कित्ता शेयरको लक इन अवधि सकिने कम्पनीले जनाएको छ ।

नियम अनुसार प्राइभेट इक्वीटि, भेन्चर क्यापिटल, हेज फण्ड वा यस्तै प्रकारको कोषको रुपमा बोर्डमा वा विदेशमा दर्ता भएको कोषको वा नेपालमा लगानी गर्न प्रचलित कानुन बमोजिम स्वीकृति प्राप्त विदेशी सरकारको लगानी रहेको संस्थाको स्वामित्वमा रहेको धितोपत्र सङ्गठित संस्थाले सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन गरेको शेयर बाँडफाँड भएको मितिले एक वर्षको अवधि पूरा भएपश्चात् बिक्री गर्न सक्ने व्यवस्था छ । कर्मचारी र स्थानीयवासीको शेयरको लक इन पिरियड भने १९ साउन २०८२ मा सकिनेछ ।

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments