Monday, September 7, 2026
Homeअर्थशेयरगत साता साढे १४ अंक घट्यो नेप्से

गत साता साढे १४ अंक घट्यो नेप्से

विराटचोकः गत साता नेप्से परिसूचक साढे १४ अंक घटेर बन्द भएको छ । अघिल्लो साता २५५७.३१ विन्दुमा बन्द भएको नेप्से गत साता ०.५७ प्रतिशत अर्थात् १४.५४ अंक घटेर २५४२.७७ विन्दुमा अडिएको हो ।

चार कारोबार दिनका लागि बजार खुल्दा तीन कारोबार दिन नेप्से सामान्य अंक बढेर बन्द भएको थियो । एक कारोबार दिन घटेर बन्द भएको थियो ।

गत साता कारोबार रकम पनि घटेको छ । अघिल्लो साता दैनिक औसतमा ३ अर्ब ९७ करोड रुपैयाँको शेयर किनबेच भएको बजारमा गत साता दैनिक औसतमा ३ अर्ब २४ करोड रुपैयाँको शेयर किनबेच भएको हो ।

सातामा चार उपसमूहको परिसूचक बढेको छ भने नौ उपसमूहको परिसूचक घटेको छ । लगानी उपसमूहको परिसूचक सर्वाधिक १.१२ प्रतिशत बढेको छ ।

निर्जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक ४.५५ प्रतिशत घटेको छ ।

उपकार लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य सर्वाधिक अर्थात् २१.५१ प्रतिशत बढेको छ । पियोर इनर्जीको शेयरमूल्य सर्वाधिक अर्थात् १३.८० प्रतिशत घटेको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments