काठमाडौंः माघ २३ गतेदेखि काठमाडौंमा क्यान इन्फोटेक २०२४ सञ्चालन हुने भएको छ । यो क्यानको २९ औँ संस्करण हो । बिहीबार पत्रकार सम्मेलन गरेर यसबारेमा जानकारी गराइएको हो ।
इन्फोटेकको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ । सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा विकास भएका नयाँनयाँ प्रविधिको प्रदर्शनी तथा यस क्षेत्रको विकासका लागि आवश्यक रणनीति निर्माणका निम्ति सार्थक अन्तक्रिया गर्ने उद्देश्यले कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) को आयोजनामा मेला गर्न लागिएको बताइएको छ ।
क्यान महासंघका महासचिव चिरञ्जीवि अधिकारीका अनुसार यस पटक क्यान इन्फोटेकको टिकेटिङ पार्टनर ईसेवामार्फत इन्फोटेकको टिकट खरिद गर्न सकिने व्यवस्था गरिएको छ ।
नेपालमै विकास गरिएको जेनेरेटिभ एआई सिस्टम कान्छी रोबटको बेटा संस्करण पनि इन्फोटेकमा सार्वजनिक गरिने बताइएको छ ।