Wednesday, September 2, 2026
Homeअर्थकाठमाडौंमा व्यावसायिक प्रयोजनका लागि अब उपत्यकामा ग्यास किन्न नपाइने

काठमाडौंमा व्यावसायिक प्रयोजनका लागि अब उपत्यकामा ग्यास किन्न नपाइने

काठमाडौंः सरकारले काठमाडौ उपत्यकामा घरायसी उपभोक्तालाई एलपी ग्यासको आपूर्ति सहज बनाउन व्यावसायिक प्रयोजनका लागि ग्यास बिक्रीमा तत्काल रोक लगाएको छ ।

नेपाल आयल निगमको निर्णयसँगै अब उपत्यकाका होटल, रेस्टुरेन्ट, उद्योग तथा अन्य व्यावसायिक प्रतिष्ठानले डिपो वा बिक्रेतामार्फत ग्यास खरिद गर्न पाउने छैनन् । उनीहरूले उपत्यकाबाहिरका ग्यास उद्योगबाट आवश्यक परिमाणमा ग्यास आफैं ढुवानी गरी ल्याउनुपर्ने भएको छ ।

घरायसी उपभोक्ताका लागि बजारमा ग्यासको उपलब्धता सुनिश्चित गर्न व्यावसायिक क्षेत्रको खपतलाई छुट्टै व्यवस्थापन गर्ने नीति लिइएको निगमले जनाएको छ ।

यो व्यवस्थाले उपत्यकाको ग्यास वितरण प्रणालीमा घरायसी र व्यावसायिक उपभोक्ताबीचको आपूर्तिलाई छुट्टाछुट्टै व्यवस्थापन हुने र विशेषगरी सीमित आपूर्तिका अवस्थामा ठूलो परिमाणमा ग्यास खपत गर्ने होटल तथा उद्योगका कारण घरायसी उपभोक्ताले ग्यास पाउन समस्या नहुने बताइएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments