काठमाडौंः अदालतले आफ्नो पक्षमा फैसला नगरेपछि नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समूहले बेग्लै महाधिवेशन गर्ने गरी कार्यतालिका ल्याउने तयारी गरेको छ ।
आज सो पक्षले आफ्नो सम्पर्क कार्यालय चुनदेवीमा संयोजक शशांक कोइरालाको अध्यक्षतामा बैठक बसी कार्यतालिका प्रस्ताव गरेको हो । जसमा १५ औं महाधिवेशन मंसिर २१ देखि २३ गतेसम्म गर्ने उल्लेख छ ।
वडा अधिवेशन असोज १५ गते, पालिका अधिवेशन असोज २० गते, प्रदेश सभा र प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन असोज २३ गते गर्ने प्रस्ताव छ ।
जिल्ला अधिवेशन कात्तिक १५ गते, प्रदेश अधिवेशन मंसिर ४ गते र केन्द्रीय महाधिवेशन मंसिर २१ देखि २३ गतेसम्म गर्ने प्रस्ताव छ ।
उता, गगन थापा नेतृत्वको नेपाली कांग्रेसले भने असोज १६ देखि १९ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने तयारी गरेको छ ।





