Wednesday, September 2, 2026
Homeअर्थशेयरदुई घण्टामा झण्डै डेढ अर्ब रुपैयाँको शेयर किनबेच

दुई घण्टामा झण्डै डेढ अर्ब रुपैयाँको शेयर किनबेच

विराटचोकः भोटेकोशी बाढीपछि लगातार घटिरहेको शेयर बजारमा आज दुई घण्टाको अवधिमा झण्डै डेढ अर्ब रुपैयाँको शेयर किनबेच भएको छ । बजार पनि साढे १३ अंक बढेको छ ।

२५२६ को आसपासमा रहेर कारोबार भइरहेको बजारमा सबैभन्दा धेरै आँखुखोला जलविद्युत आयोजनाको ७ करोड ९ लाख ७० हजार रुपैयाँको शेयर किनबेच भएको छ । सोलु हाइड्रो, शिवम् सिमेण्ट्स, चिलिमे हाइड्रोपावर र रिडी हाइड्रोपावर उच्च कारोबार गर्ने कम्पनीमा परेका छन् ।

लक्ष्मी लघुवित्तको शेयरमूल्य सर्वाधिक अर्थात् ८ प्रतिशत बढेको छ भने सयपत्री हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक पौने ७ प्रतिशतले झरेको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments