Monday, August 31, 2026
Homeफिचरसुन्दरहरैंचामा नयाँ अभ्यास सार्वजनिक पुस्तकालय र शौचालय एकै भवनमा

सुन्दरहरैंचामा नयाँ अभ्यास सार्वजनिक पुस्तकालय र शौचालय एकै भवनमा

पुस्तकालय दिवस विशेष

विराटचोकः मोरङको सुन्दरहरैंचा नगरपालिकामा भव्य भवनमा पुस्तकालय र शौचालय सञ्चालन गरिएको छ । पूर्व–पश्चिम राजमार्गमै जोडिएका ती भवनमा तल्लो तलामा युरोपेली मापदण्डमा आधारित अत्याधुनिक शौचालयको व्यवस्था गरिएको छ । शौचालयसँगै पहिलो तलामा स्नान कक्ष, स्मोकिङ जोन र सैलुन रहेको छ । दोस्रो तलामा पुस्तकालय रहेको छ भने माथिल्लो तलामा शौचालय र पुस्तकालयको सरसफाइ गर्ने परिवारको आवास रहेको छ ।

हाम्रा धेरै शहर–बजार सार्वजनिक शौचालयविहीन भएको देखेपछि मोरङको सुन्दरहरैंचा उद्योग वाणिज्य संघले २०७३ देखि नगरपालिका क्षेत्रमा आधुनिक शैलीका आठ ओटा शौचालय निर्माणको अभियान थालेको थियो ।

विराटचोकमा व्यापार मेला आयोजना गरी भएको बचतबाट ११ धुर जमिन खरिद गरेपछि शौचालय निर्माणको अभियान शुरु भएको थियो । जसको नेतृत्व गर्नुभएको थियो व्यवसायी भोलेश्वर दुलालले ।

विदेशमा देखेको अभ्यासलाई आफ्नै नगरमा प्रयोगमा ल्याउने क्रममा नगरका ८ स्थानमा त्यस्ता भवन बनाउने उहाँको योजना थियो । हाल विराटचोक र सलकपुरका दुई शौचालय चालु अवस्थामा छन् । खोर्साने र हरैचाबजारका दुई शौचालय निर्माणाधीन छन् । सबै शौचालय एकै डिजाइनका छन् । मृगौलिया, गोठगाउँ, गछिया र बलियामा भने जग्गा अभावका कारण त्यस्ता भवन शिलान्यास हुन सकेनन् ।

स्थानीय सरकारको ३५ प्रतिशत लगानी रहने र बाँकी ६५ प्रतिशतमा स्थानीय, व्यापारी, बैंक तथा वित्तीय संस्थाहरूको साझेदारी रहने गरी भवन निर्माण गरी पुस्तकालय र शौचालय निर्माण गरिएको छ ।

पुस्तकालयमा अध्ययनका लागि पाठकहरू जाने गरे पनि व्यवस्थित ढङ्गले पुस्तकालय सञ्चालन हुन नसकेको देखिन्छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments