Friday, September 4, 2026
Homeअर्थसुनचाँदीओम साई डायमण्डको उद्घाटनमा ५० प्रतिशतसम्म छुट दिइने

ओम साई डायमण्डको उद्घाटनमा ५० प्रतिशतसम्म छुट दिइने

इटहरीः इटहरीको पहिलो डायमण्ड सर्टिफाइड शोरुमका रूपमा परिचित ओम साई डायमण्डको नयाँ शोरुम आज भदौ १९ गतेदेखि औपचारिक रूपमा सञ्चालनमा आउने भएको छ ।

नयाँ शोरुमको उद्घाटनको अवसरमा ग्राहकलाई लक्षित गर्दै उद्घाटन अवधिभर डायमण्डका गहनामा ५० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको सञ्चालक ओम लामिछानेले जानकारी दिनुभएको छ ।

तीज तथा आगामी चाडपर्वलाई मध्यनजर गर्दै सुनका गहनामा पनि विशेष छुटको व्यवस्था गरिएको जनाइएको छ । ग्राहकले विभिन्न डिजाइनका आकर्षक गहनाहरू विशेष छुटमा खरिद गर्न सक्ने जनाइएको छ ।

इटहरीमा लामो समयदेखि सुनचाँदी तथा गहनाको व्यवसाय गर्दै आएको न्यु ओम साई गहना गृहले ग्राहकको विश्वास र साथलाई निरन्तरता दिँदै नयाँ पुस्ताको रोजाइअनुसार डायमण्ड गहनाको सेवा विस्तार गरेको हो ।

उद्घाटनसँगै तीज तथा चाडपर्वलाई लक्षित गरी छुटमा गहना बिक्री गरिने बताइएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments