Friday, September 4, 2026
Homeकला र साहित्यसम्पर्कविहीन भएका प्रशान्त खड्का घर फर्किएपछि गाउँमा खुशीयाली, दवाडीले लेखे यस्तो कविता

सम्पर्कविहीन भएका प्रशान्त खड्का घर फर्किएपछि गाउँमा खुशीयाली, दवाडीले लेखे यस्तो कविता

लेटाङः भदौ ६ गतेदेखि सम्पर्कविहीन भएका लेटाङ नगरपालिका–९ जाँतेका प्रशान्त खड्का सकुशल घर फर्किएका छन् । उनलाई धरानमा फेला पारेपछि आफन्त र छरछिमेकीले घर फर्काएका थिए ।

प्रशान्त सकुशल घर फर्किएको खुशीमा साहित्य कला संगम लेटाङका अध्यक्ष गणेश दवाडीले कवितामार्फत् आफ्नो खुशी यसरी व्यक्त गर्नुभएको छ ।

सबै प्रिय जनहरू प्रशान्त घर आए
आफन्त र छिमेकीले खुसीको गीत गाए
खोजी कार्य गर्न खातिर दिनुभो समय
हार्दिक हार्दिक धन्यवाद सबैको होस् जय ।।

खोज कार्यमा व्यक्तिपिच्छे फरक शैली थियो
व्यापक प्रचार भएपछि मूर्त रुप लियो
यही कारण सकुशल प्रशान्त घर आए
आमाबुबा, आफन्तले सास फेर्न पाए ।।

सुरक्षाका निकायले दिए खुबै चासो
आभारी छौँ ठानाप्रति ओठमा आयो हाँसो
प्रशान्तको मनोविज्ञान बुझी व्यवहार गर्नु
पारिवारका जिम्मेवारले सम्झी अघि सर्नु ।।

मनोपरामर्श दिई उसलाई सम्झाउनु
वयस्कको कर्तव्य के बोध गराउनु
यहि नै हो मुख्य सुत्र जीवन सरल पार्ने
हाँसीखुसी सरसल्लाह घरव्यबहार सार्ने ।।

खोजी गर्दा टाँसिएका पोस्टर हटाइदिन
फेस्बुकमा जे छन् पोस्ट सबै मेटाइदिन
सविनय अनुरोध छ भए यदाकदा
प्रशान्तको मनोबल उच्च रहोस् सदा ।।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments