काठमाडौंः बाढीपीडितहरुको सहयोगार्थ प्रधानमन्त्री राहत कोषमा व्यक्तिगततर्फ हालसम्मकै सबैभन्दा धेरै १ करोड ९ लाख रुपैयाँ ८७ वर्षीया राजी राणाले दिनुभएको छ ।
उमेर र स्वास्थ्यका कारण आफैं जान नसकेपछि राजीले आफ्ना सहयोगी कृष्ण बस्नेतलाई सो रकमको चेक दिनुभएको थियो । बस्नेतले अर्थ मन्त्रालयमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई चेक हस्तान्तरण गर्नुभएको हो ।
थप २५ लाख रुपैयाँ बराबरको जिन्सी तथा खाद्यान्न सामग्री समेत अर्थ र गृह मन्त्रालयसँग समन्वय गरी आवश्यक परेका बाढी प्रभावित स्थानमा पठाउने प्रतिबद्धता राणाले गर्नुभएको छ ।





