Sunday, October 18, 2026
Homeसमाचारबाढीपछि हालसम्म ३८९ शव फेला, ४६६ को उद्दार

बाढीपछि हालसम्म ३८९ शव फेला, ४६६ को उद्दार

काठमाडौंः रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि उद्धार तथा खोजी कार्य जारी रहँदा नेपाल प्रहरीले राति ९ बजेसम्मको विवरण सार्वजनिक गर्दै हालसम्म ३८९ वटा शव फेला परेको जनाएको छ ।

फेला परेका शवमध्ये रसुवामा १७, नुवाकोटमा २८, धादिङमा ३३, चितवनमा १३७, गोरखामा ३२, तनहुँमा २८, नवलपरासी (पूर्व) मा ८७ र नवलपरासी (पश्चिम) मा २७ वटा रहेका छन् ।

सो विपद्मा परेका र उद्धारको पर्खाइमा रहेका ४६६ जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ । उद्धार गरिएकामध्ये काठमाडौँमा ८४, रसुवामा २८९, धादिङमा ३ र नुवाकोटमा ९० जनालाई राखिएको छ ।

बाढी प्रभावित क्षेत्रमा ४ हजार ३४८ जना प्रहरी परिचालन गरिएको जनाइएको छ ।

RELATED ARTICLES

आज प्रहरी दिवस

आज विश्व खाद्य दिवस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments