Saturday, August 22, 2026
Homeअर्थशेयरसातामा करिब १ प्रतिशत घट्यो नेप्से

सातामा करिब १ प्रतिशत घट्यो नेप्से

विराटचोकः यो साता नेप्से परिसूचक करिब १ प्रतिशत घटेर बन्द भएको छ । गत साता २६४३.८३ विन्दुमा बन्द भएको नेप्से यो साता ०.९५ प्रतिशत अर्थात् २५.११ अङ्क घटेर २६१८.७२ बिन्दुमा बन्द भएको छ ।

पाँच कारोबार दिनका लागि बजार खुल्दा चार कारोबार दिन नेप्से नकारात्मक रहेको थियो । नेप्से घटे पनि यस साता कारोबार रकम भने बढेको छ । गत साता दैनिक औसतमा ३ अर्ब ८६ करोड रुपैयाँको शेयर खरिदबिक्री भएको बजारमा यस साता दैनिक औसतमा ४ अर्ब ४९ करोड रुपैयाँको शेयर किनबेच भएको छ ।

१३ उपसमूहमध्ये यो साता दुई उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ । व्यापार उपसमूहको परिसूचक ०.४१ प्रतिशत र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक ०.११ प्रतिशत बढेको छ ।

सातामा वित्त उपसमूहको परिसूचक सर्वाधिक २.३७ प्रतिशत घटेको छ ।

यो साता तीन कम्पनीको कुल ३६ लाख ८९ हजार ६८१ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको छ । साल्ट ट्रेडिङ्ग कर्पोरेशन र सानिमा जिआईसीको बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । युनाइटेड अजोड इन्स्योरेन्स्को हकप्रद शेयर पनि नेप्सेमा सूचीकृत भएको छ ।

बजार घटे पनि यो साता सर्वोत्तम पेन्ट्सको शेयरमूल्य सर्वाधिक अर्थात् १०१.०६ प्रतिशत बढेको छ । गत साता ३९६ रुपैयाँ ७० पैसामा अन्तिम कारोबार भएको यस कम्पनीको शेयर, यस साता ७९७ रुपैयाँ ६० पैसामा अन्तिम कारोबार भएको छ । माउन्ट एभरेष्ट पावर डेभलपमेन्टको शेयरमूल्य साढे ६९ प्रतिशतभन्दा बढी बढेको छ ।

खानीखोला हाइड्रोपावर कम्पनीको शेयरमूल्य यस साता सर्वाधिक २३.३९ प्रतिशत घटेको छ । आइसिएफसिको ऋणपत्रको मूल्य १४ प्रतिशत घटेको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments