विराटचोकः नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । बिहीबार राति १२ बजेदेखि लागू हुने गरी इन्धनको मूल्य बढाइएको हो ।
निगमले पेट्रोल, डिजेल, मट्टीतेल र खाना पकाउने ग्यासको मूल्य बढाएको हो । जसअनुसार पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ र डिजेल तथा मट्टीतेलमा २ रुपैयाँका दरले भाउ बढाएको हो ।
खाना पकाउने एलपी ग्यासको मूल्य १५ रुपैयाँले बढेर १९१० रुपैयाँ कायम भएको छ ।