Friday, August 14, 2026
Homeसमाचारहरियाली सामुदायिक वन उपभोक्ता समूह लेटाङले पायो १ लाख रुपैयाँ पुरस्कार

हरियाली सामुदायिक वन उपभोक्ता समूह लेटाङले पायो १ लाख रुपैयाँ पुरस्कार

लेटाङः मोरङको लेटाङ नगरपालिका वडा नम्बर–९ जाँतेको वसन्त हरियाली सामुदायिक वन उपभोक्ता समूहले सामुदायिक वनतर्फको प्रतिष्ठित गणेशमान सिंह सामुदायिक वन राष्ट्रिय पुरस्कार–२०८२\०८३ मा प्रथम स्थान हासिल गरेको छ ।

नेपाल सरकार, कृषि, वन तथा वातावरण मन्त्रालयअन्तर्गतको वन तथा भू–संरक्षण विभागले वन संरक्षण, दिगो व्यवस्थापन, स्थानीय समुदायको जीविकोपार्जन तथा सामुदायिक विकासमा पुर्याएको योगदानका आधारमा वसन्त हरियाली सामुदायिक वनलाई राष्ट्रिय पुरस्कार प्रदान गरिएको जनाइएको छ ।

सो सामुदायिक वन उपभोक्ता समूहलाई पुरस्कारस्वरुप नगद १ लाख रुपैयाँ प्रदान गरिएको छ । सामुदायिक वनको संरक्षण, दिगो व्यवस्थापन र स्थानीय समुदायको आर्थिक तथा सामाजिक विकासमा पुर्याएको योगदानको कदरस्वरूप समूहलाई देशभरका सामुदायिक वनमध्ये उत्कृष्ट ठहर गर्दै प्रथम पुरस्कार प्रदान गरिएको हो ।

वसन्त हरियाली सामुदायिक वनले वन क्षेत्रको संरक्षणसँगै वन स्रोतको दिगो उपयोग, वातावरण संरक्षण र स्थानीय उपभोक्ताको सहभागितालाई प्राथमिकतामा राख्दै आएको छ । वन संरक्षणमा समुदायको सक्रिय सहभागिता बढाउने, वन पैदावारको व्यवस्थित उपयोग गर्ने तथा स्थानीय आवश्यकतासँग वन व्यवस्थापनलाई जोड्ने कार्यमा समूहले निरन्तर काम गर्दै आएको छ ।

सामुदायिक वन व्यवस्थापनमार्फत् स्थानीय उपभोक्ताको जीविकोपार्जनमा सहयोग पुर्याउनुका साथै वन क्षेत्रको संरक्षण र वातावरणीय सन्तुलन कायम गर्न समूहले महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । वन संरक्षणमा स्थानीय समुदायलाई प्रत्यक्ष सहभागी गराउने अभ्यासले सामुदायिक वन व्यवस्थापनलाई प्रभावकारी बनाउन समेत सहयोग पुगेको छ ।

राष्ट्रिय स्तरको पुरस्कार प्राप्त गरेसँगै लेटाङको सामुदायिक वन अभियानले राष्ट्रिय पहिचानसमेत बनाएको छ । पुरस्कारले वन संरक्षणमा सक्रिय उपभोक्ता, पदाधिकारी तथा स्थानीय समुदायलाई थप उत्साहित बनाएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments