Wednesday, August 12, 2026
Homeसमाचारआगलागी पीडितलाई लेटाङ रेडक्रसद्वारा राहत सामग्री हस्तान्तरण

आगलागी पीडितलाई लेटाङ रेडक्रसद्वारा राहत सामग्री हस्तान्तरण

लेटाङः लेटाङ नगरपालिका–७, वारांगीमा भएको आगलागीबाट घर तथा पसल गुमाएका पीडित परिवारलाई नेपाल रेडक्रस सोसाइटी लेटाङले राहत सामग्री हस्तान्तरण गरेको छ ।

आगलागीबाट पीडित परिवारप्रति सहानुभूति प्रकट गर्दै रेडक्रसका सल्लाहकार समेत रहेका पूर्वमन्त्री डिगबहादुर लिम्बूसहितको टोली घटनास्थल पुगेर राहत सामग्री हस्तान्तरण गरेको हो । टोलीमा नेपाल रेडक्रस सोसाइटी लेटाङ नगर सभापति प्रशान्त निरौला, भोगटेनी उपशाखा सभापति बालकुमार लिम्बू तथा समाजसेवी इन्दू चौधरीलगायतको सहभागिता रहेको थियो ।

रेडक्रसले पीडित परिवारका लागि दाल, चामल, थाल, कचौरा, म्याटलगायतका आवश्यक राहत सामग्री उपलब्ध गराएको जनाएको छ ।

राहत हस्तान्तरणका क्रममा पूर्वमन्त्री लिम्बूले आगलागी पीडित तीनै परिवारलाई तत्काल आर्थिक सहयोगको आवश्यकता रहेको बताउँदै सहयोगी दाताहरूलाई पीडित परिवारको अवस्था बुझेर सहयोग गर्न आग्रह गर्नुभएको छ ।

आइतबार भएको आगलागीमा फमकुमार मगरको घर, टीकाप्रसाद धितालको होटल, किराना तथा कस्मेटिक पसल र मनोज शाक्यको भाँडा पसल पूर्ण रूपमा जलेर नष्ट भएका थिए ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments